आस्था राउत बि’रुद्द अहिलेसम्म मुद्दा दर्ता भएको छैन, नेपाल आए पछी हामी बोलाउछौ :प्रहरी

काठमाडौँ , गायिका आस्था राउत बिरुद्द निवेदन दर्ता भएको छ ।विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध निवेदन दर्ता गरे पनि मुद्दा भने दर्ता नभएको प्रहरी श्रोतले बताएको छ ।प्रहरी श्रोतले भन्यो “हामीले हेरेको सीसीटीभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ,” “उनले नै प्रहरीलाई नै अझै गाली गलौज गरेकी छन् । भएको के हो भन्ने बारेमा उनी नेपाल आएपछि हामीले बोलाउँछौं ।” विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध निवेदन दर्ता गरेको भए पनि मुद्दा भने दर्ता भइसकेको छैन ।

“मुद्दा नै दर्ता भएको भए पक्राउ गरिन्थ्यो । अहिले बोलाउने तयारी मात्रै गरिएको छ ।” उता भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एअरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ । सहनै नसक्ने दुर्व्यवहार भएका कारण आफुले भिडियोमार्फत् भएको कुरा बाहिर लएको बताएकी छन् ।

“चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा ! नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।