गर्भवती अवस्थामा महिलाले गर्नै नहुने यी १३ गल्तिहरु

गर्भवती अवस्थामा गर्नै नहुने गल्तिहरु!

बच्चाको आमा र बुवा हुने रहर कसलाई हुदैन र? मानौ नेपाली समाजमा बाबुआमा हुनु अधिकांस व्यक्तिको आफ्नो जीवनकै एउटा ठुलो लक्ष्य हुने गर्दछ। त्यो लक्ष्य प्राप्ति पक्कै सजिलो छैन। खासगरी महिलालाई नौ महिना बच्चालाइ आफ्नो गर्वमा सुरक्षित राख्नु निकै चुनौतिपूर्ण हुन्छ।तसर्थ गर्भवती अवस्थामा रहेकी महिलालाई स्वयंम महिलाको श्याहरशुसारले पुग्दैन, गर्भवती महिलाका श्रीमान लगायत सम्पूर्ण परिवारले ध्यान दिनु पर्दछ। विशेषगरी हामी गर्भवती अवस्थामा बच्चा र आमालाई स्वस्थ राख्न के के गर्नुपर्छ भन्ने मुद्दामा बढी ब्यस्थ हुन्छौ जसले गर्दा गर्नै नहुने गल्तीहरुले बाटो पाउने गर्दछन।

तलका बुंदामा हामीले गर्भवती अवस्थामा गर्नै नहुने गल्तिहरुको सुची तयार परेका छौ, ध्यान दिएर पढ्नुस होला:

१: गर्भवती महिलाले आराम गर्दा धेरै तातोमा बस्ने, तातोपानीमा नुहाउने गरि बढी तातोमा एक्सपोजर गर्न हुँदैन

२: मद्यपान, धुम्रपान गर्नुहुँदैन, र सेवन गर्ने व्यक्ति बाट पनि टाढा रहनु पर्दछ किनभने यसले बच्चालाई असर गर्छ

३: घरमा कुनै जनावर पाल्नुभएको छ? छ भने घरपालुवा जनावरले गरेको फोहोर परिवारका अन्य सदस्यले नै सफा गर्ने र गर्भवती महिलाले फोहोर चलाउने गर्नुहुँदैन किनकि त्यसमा किटाणु हुन्छ जसले बच्चालाई असर गर्छ। खाशगरी मुसा र छुचुन्द्राको फोहोरमा भाइरस हुने भएकाले चलाउनु हुँदैन

४: बासि खाना र अत्यधिक चिल्लोपिरो खानपिन गर्नु हुदैन जसले बच्चाको पौष्टिक आहारमा हानि गर्दछ

५: परफ्युम, पाउडरहरु सकेसम्म प्रयोग नगर्ने, रसायनिक पदार्थ हुने बस्तुहरु प्रयोग गर्नु हुदैन

६: एमआरआई र अल्ट्रासाउण्ड गर्न मिले पनि एक्स–रे, सिटि स्क्यान गर्नहुँदैन

७: मानसिक तनाव नलिने र घर परिवारमा झैँझगडा को अवस्था छ भने तुरुन्तै समाधान गर्ने

८: गर्भवती महिलाले हवाई यात्रा गर्न उचित हुदैन, बिशेष कामका लागि पनि हवाई यात्रा बीचको ३ महिनामा मात्र सुरक्षित मानिन्छ

९: बारम्बार गर्भपतन भइरहने महिलाहरूले चिकित्सकको सल्लाह बिना गर्व राख्नु हुदैन, राम्रोसाग सबै कुराको जााच गराएर मात्र गर्भवती हुनु बच्चा र आमाको स्वस्थक लागि राम्रो हुन्छ

१०: बढी बलको काम, भरि बोक्ने काम लगायत हाइजम्प र धेरै दौडिने काम गर्नुहुँदैन

११: गर्भवतीलाई पानी बग्ने, पेट दुख्ने, साल तल बसेको अवस्थामा यौन सम्बन्ध राख्न हुँदैन किनकि यसले कहिलेकाहीँ ब्लड पनि देखापर्छ

१२: गर्भवती भएको अन्तिम महिनाको समयमा यौन सम्पर्क गर्न हुदैन, अन्तिम महिना बाहेक अरु अगाडिका महिनामा गर्भवती महिलाको स्वस्थ अवस्था हेरेर यौनसम्पर्क गर्न हुन्छ

१३:राम्रोसँग नपाकेको माछामासु, विशेषगरी सि फुड खानु हुदैन र फ्याट नभएको वा बोसो कम भएको मासु मात्र खान उपयुक्त हुन्छ ।

एउटा सानो लापरवाहिले बच्चा र आमा दुबैको स्वस्थमा खराब हुने मात्रै नभएर ज्यानै जाने अवस्था पनि निम्त्यौन सक्छ। चिकित्सकले दिएको औषधि मात्रै सेवन गर्ने र रेगुलर चेकअप गर्ने गर्नुपर्छ। फलफूल, हरियो सागपात, क्याल्सियम भएको खाना खानुपर्छ। ब्लड प्रेसर, डायबेटिज चिनी रोग, थाइरोइड रोग छ भने फ्याट नभएको वा बोसो कम भएको मासु खाने र अत्यधिक चिल्लो कन्ट्रोल गर्ने र रेगुलर चेकअप गर्ने गर्नुपर्छ ।

यसैगरी गर्भवती महिलाले दैनिक योग र ध्यान गर्न जरुरि हुन्छ जसले मानसिक अवस्थालाई पनि स्वस्थ राख्दछ। विशेषगरी गर्भवती महिला खुसि भएर दिन काट्न जरुरि हुन्छ जसका लागि साथीभाई संग भेटघाट गर्ने, किताब पढ्ने, आफुलाई मन पर्ने विधाका चलचित्र हेर्ने, पार्कमा घुम्ने र प्रक्रितिसंगा नजिक हुने, होहल्ला र झगडाबाट टाढा रहने गर्नु पर्दछ।