स्वास्थ्यकर जीवनको लागि बिहान यी पाँच कुराहरू गर्नुहोस् ।

स्वास्थ्यकर जीवनको लागि बिहान यी पाँच कुराहरू गर्नुहोस् ।

बिहानकोसमय एकदम महत्त्वपूर्ण समय हो किनकि तपाईले बिहान गर्ने कार्यहरुले नैबाँकी दिनको कार्यहरूको गति निर्धारण गर्ने गर्दछ। हरेक व्यक्तिहरूले आफ्नोदिनचर्यामा बिहानीको सही सदुपयोग गरेर स्वास्थ्य जीवन बिताउन सिक्नुपर्छ।बिहानको समयमा यी पाँच कुराहरू गर्नुहोस्:

१. समयमा उठ्ने
एउटातालिका सधैं कायम गर्नुस्, ६बजे अगावै उठ्ने बानी बसाल्नुस्। बिहान चाँडोउठ्नाले तपाईंलाई आफ्नो ख्याल राख्न र बाकि दिनको लागी तयारी गर्न प्रशस्तसमय मिल्छ। चाँडै उठ्नाले तपाईंको शरीरले खुल्न र मस्तिष्कले सकारात्मकऊर्जाप्राप्त गर्न पाउछ।


२. मनतातो पानी खाने
उठेको १०मिनेटपछि मनतातो पानी खाने बानी बसाल्नुहोस्। यसले तपाईंको पाचन प्रणालीमासहयोगपूराउँछ र साथै तपाईंलाई एकदमै आनन्दीत महसुस पनि गराउँछ। वजन घटाउन पनि योएउटा सरल उपाय हो।

३. योग गर्ने
सकिन्छ भने १घण्टा नत्रकम्तीमा आधा घन्टा योगलाई समय दिनुहोस्। योग को शुरुवातमा सूर्य नमस्कारआसनबाट गर्नुहोस् त्यसपछि विभिन्न आसनहरु गरेर १०देखि १५मिनेट ध्यानगर्नुहोस्। ओमकार जप अथवा शान्त वातावरणमा ध्यान गरेर शरीरमा सकारात्मकऊर्जा भर्नुहोस्।

४. विद्युतीय उपकरणबाट आफूलाई टाढा राख्ने
कुनैपनि विद्युतीय उपकरणबाट टाढै रहनुहोस् किनभने यसले स्वास्थ्यमा हानी गर्छनै साथै आफूलाई दिनुपर्ने समय पनि खाइदिन्छ। विद्युतीय उपकरण जस्तैमाेबाइल, कम्प्युटर, टेलिभिजन, आदिले तपाईंको मुड परिवर्तन गर्नसक्छ।अनावश्यक चिन्ता र विषयवस्तु हाबी भएर तपाईंको योजनाहरु नै बिग्रन सक्छ।

५. प्रोटीन युक्त आहार खाने
प्रोटीनयुक्त खानेकुराहरु जस्तै भिजाएको चना, उसिनेको अण्डा, घिउकुमारीको गुदी, टुसा उम्रिएको मेथी, दुध, आदि खानुहोस्।सकिन्छ भने चिया र चिल्लाखानेकुराहरुबाट टाढै रहनुस्।

स्वास्थ्य जिवन बिताउन छ भने बिहानबाटै आफ्नो दिनचर्या परिवर्तन गर्नुहोस्। यस्ता अभ्यासहरु आफूले मात्रहोइन आफ्नो परिवार र प्रियजनहरुलाई पनि सिकाउनुहोस।